बोरामा हालेर बालबालिका भारततर्फ तस्करी गर्ने एक भारतीय पक्राउ

२०८० भाद्र ४, सोमबार ०४:३९

जनकपुरधाम-बोरामा  हालेर एक बालक र एक बालिकालाई भारततर्फ तस्करी गर्न लागेका एक जना पक्राउ परेका छन् ।बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारत विहार राज्यको पूर्वीचम्पारण मूर्तिया ग्राम पञ्चायत ४ आदापुरका २२ वर्षीय तबरेज आलम रहेका छन् । बालिकालाई बन्धक बनाएर भारततर्फ लग्ने क्रममा सिमावर्ती क्षेत्र झिटकैयाबाट आलमलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १२ गण हेड क्वाटर बाराले जनाएको छ । आलमले देवताल गाउँपालिका ३ का शिव पूजन महतोको ९ महिनाकै छोरी र सोही ठाउँका प्रेमचन्द्र महतोको २ वर्षीय छोरालाई बोरामा बाँधेर भारततर्फ लग्दै थिए । सकुशल उद्धार पश्चात दुवै बच्चाको जिम्मा परिवारलाई लगाएको छ । बच्चा तस्करी गर्न लागेका आलमलाई थप कारबाहीका लागि सशस्त्र प्रहरीले नेपाल प्रहरी देवापुरलाई बुझाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?