चन्दन रजक, राजबिराज । सप्तरी जिल्लाको तिलाठी कोईलाडी गाउँपालिका ८ तोपाका एक दलित महिलालाई पटक पटक स्थानीय गैरदलितका केही व्यक्तिहरुले जबरजस्ती कुटपिट तथा अभद्र व्यबहार गर्नेलाई प्रहरीले उल्टै संरक्षण दिइएको पाइएको छ ।
तिलाठी कोईलाडी गाउँपालिका ८ का महिन्द्र सदाका श्रीमती ३८ वर्षिय मल्ती देवी सदा लाई स्थानीय टिन जनाले कुटपिट तथा अभद्र व्यबहार गरेपनि पीडितले न्याय पाउन सकेकी छैनन् ।
सोही ठाउँका स्थानीय रामु मन्डलका छोरा ५० वर्षिय राजकुमार मन्डल र बुहारी हनशा देवी मन्डल वर्षिय ४५ र शिव कुमार मन्डलको श्रीमती ललित देवी मन्डल लगायतले मरणासन्न हुने गरि कुटपिट गरेको पीडित महिलाले बताईन् ।
श्रीमान मजदुरीका लागि राजबिराज गएको मौका छोपी निर्घात कुटपिट गरि शरीरमा भएका लुगाहरु च्याति दिएको र घिसारेर पटक पटक कुटपिट गरेको पीडित महिलाको आरोप रहेको छ ।
पीडित महिलाले न्यायका लागि पीडकहरु विरुद्ध भदौ ५ गते नै जिल्ला प्रहरी कार्यालय महिला सेलमा उजुरी दिएकी थिईन् । उनका अनुसार उजुरी दिएपनि प्रहरीले कुटपिट गर्नेलाई कुनै कारबाही नगरेको र उल्टै संरक्षण गरेको आरोप लगाएकी छिन् ।
यता प्रहरीले कुटपिट तथा अभद्र व्यवहार गर्नेलाई खोजी कार्य जारी रहेको जनाएको छ ।






