एसिया कप २०२३ को उद्घाटन खेलमा आज सह-आयोजक पाकिस्तान र नेपालबीच प्रतिस्पर्धा हुनेछ। उद्घाटन खेल पाकिस्तानको मुल्तान रंगशालामा दिउँसो सवा ३ बजे हुनेछ।
मुल्तानमा सन् २००१ देखि अन्तर्राष्ट्रिय क्रिकेट खेल्न थालिएको हो। यहाँ अहिलेसम्म ६ टेस्ट र १० एकदिवसीय खेल भएका छ। रंगशालामा २२ हजार ९० जना दर्शक अटाउँछन्।
मुल्तान मैदानमा १३ वटा पीच छन्। पीच विशेष गरी तीव्र गतिका बलरका लागि सहयोगी हुने पाकिस्तानका पूर्वकप्तान तथा हाल पाकिस्तान टिमको मुख्य चयनकर्ता इन्जमाम उल-हकको भनाइ हो ।
यहाँ पाकिस्तान सुपर लिगको आठौं सिजनको उद्घाटन भएको थियो।
यो मैदानको एकदिवसीय खेलमा उच्च योगफल ३२३ रन हो। जुन रन पाकिस्तानले सन् २००३ मा बंगलादेशविरूद्ध बनाएको थियो। मैदानको कम योगफल १४८ रन हो। जुन पाकिस्तानविरुद्ध जिम्बावेले सन् २००४ मा बनाएको थियो।
यो मैदानमा पार गरिएको ठूलो लक्ष्य ३०६ रन हो। जुन पाकिस्तानले वेस्ट इन्डिजविरुद्ध २०२२ मा पूरा गरेको थियो।






