चन्दन रजक , राजबिराज १५ भदौ । सहिदको सम्मान स्वरूप राजबिराजमा दीप प्रज्वलन गरिएको छ ।जनमत पार्टी निकट युवा जनमत संघ सप्तरीले देशको हित र राष्ट्रियताको लागि बलिदान दिएको सम्झनामा सहिद राम मनोहर को छैठौं श्रद्धाञ्जली तथा दीप जलाएको जनमत पार्टी जिल्ला अध्यक्ष रामगमन साहले बताए ।
उक्त दीप प्रज्वलन कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य सुरेन्द्र मधेसी , मधेश प्रदेश थारु संघ अध्यक्ष मंजु चौधरी ,नगर अध्यक्ष सुजित मण्डल , र जिल्लाका नेताहरु मुकेश , इसराइल ,अनिल , सचिदानन्द , मिना दास र सप्तरी जिल्ला इन्चार्ज रामगमन साह लगायत जिल्लाका नेताहरूको सहभागिता रहेको थियो ।






