सहिदको सम्मान स्वरूप जलेश्वरमा दीप प्रज्वलन

२०८० भाद्र १५, शुक्रबार १६:५४

जलेश्वर १५ भदौ । सहिदको सम्मान स्वरूप जलेश्वरमा दीप प्रज्वलन गरिएको छ । विधार्थी जनमत संघ महोत्तरीले देशको हित र राष्ट्रियताको लागि बलिदान दिएको सम्झनामा सहिद राम मनोहर को छैठौं श्रद्धाञ्जली तथा दीप जलाएको विधार्थी जनमत संघ को विधार्थी नेता शिवम कुमार झाले बताए ।

उक्त दीप प्रज्वलन कार्यक्रममा विधार्थी जनमत संघका जिल्ला अध्यक्ष सुमन कुमार चौधरी , शिवम कुमार झा , मो० इरशाद आलम , आकाश कुमार पासवान , अर्जुन कुमार साह , रोशन यादव , गणेश कुमार साह , मिथिलेश महतो लगायत जिल्लाका नेताहरूको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?