विराटनगरमा १३ वर्षीया किशोरीले जन्माइन् छोरा
मोरङ । विराटनगरमा एक १३ वर्षीया किशोरीले छोरा जन्माएकी छन् । पेट दुख्यो भनेपछि उनको अभिभावकले अस्पताल लगिएकी ती किशोरीले बुधबार स्वस्थ बच्चाको जन्म दिएकी हुन् ।
अस्वस्थ भएपछि ती किशोरीलाई गत भदौ १२ गते नोबेल शिक्षण अस्पताल लगिएको थियो । सोही बेला उनको स्वास्थ्य परिक्षण गर्दा गर्भवती भएको पाइएको थियो । उनले ८ महिनाअघि १६ वर्षीय बालकसँग शारीरिक सम्पर्क गरेको खुलेको छ ।






