चन्दन रजक , राजबिराज १६ भदौ। प्रहरी प्रधान कार्यालयले नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ । शुक्रबार भएको निर्णय अनुसार एसपी र डिएसपीको सरूवा गरेको हो ।
सुरुवा सूचीअनुसार सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीलाई नेपाल प्रहरी विशेष सुरक्षा गण , जनकपु पठाइएको छ भने प्रहरी प्रधान कार्यालय कानुन शाखा नक्सालका एसपी गजुसिद्वि बज्राचार्यलाई सप्तरी पठयाइएको छ ।
यसैगरी जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहको सरुवा भएको छ । सिंहलाई मधेश प्रदेश प्रहरी कार्यालय गम्भीर अपराध अनुसन्धान शाखा जनकपु पठाइएको छ भने सप्तरीमा काभ्रेपलान्चोक डिएसपी दुण्डिराज नेउपानेलाई पठाइएको छ ।






