सप्तरीमा एक युवाको शव फेला

२०८० भाद्र २१, बिहीबार १४:५२

चन्दन रजक राजबिराज २१ भदौ। सप्तरीमा बिहीबार एक युवाको शव भेटिएको छ । कंचनरुप नगरपालिका- ९ सुनैर खाेलामा युवाको शव फेला परेको छ ।

कंचनरुप नगरपालिका-७ का रामकुमार चाैधरी काे छाेरा २२ बर्षीय राहुल चौधरीको रहेको हो ।  पुर्वपश्चिम राजमार्गका सुनैर खाेलाको पुलदेखी दक्षिण तर्फ उनको शव भेटियो। शव नग्न अवस्थामा रहेको थियो । तथा   निर्मम ढंगले हत्या गरेर फालेको हुनसक्ने प्रहरीले जनाएको छ ।

घटना बारे थप अनुसन्धान भईरहेको सप्तरीका प्रहरी प्रबक्ता डिएसपी नरेश कुमार सिंहले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?