जनकपुरमा सरकारी गाडीको दुरुपयोग युवा सङ्घले रोक्दै

२०८० भाद्र २३, शनिबार १०:१८

जनकपुरधाम । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ नेपाल, धनुषाले जनकपुरधाममा सरकारी गाडीको दुरुपयोग रोक्न अभियान थालेको छ । युवा सङ्घले शनिवार बिदाको दिन जनकपुरधामबाट ११ वटा सरकारी नम्बर प्लेटका गाडी नियन्त्रणमा लिएको छ । जसमा दुई चार पाङ्ग्रे र ९ वटा मोटरसाइकल रहेका छन् ।बिदाका दिन सरकारी गाडी चलाउन जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिनुपर्छ । तर अनुमति बिना सरकारी गाडी चलाउने प्रवृत्ति बढेपछि युवा सङ्घका कार्यकर्ता त्यसलाई रोक्न सडकमा उत्रेका छन् । सङ्घका मधेस प्रदेश अध्यक्ष लव अधिकारीले दुरुपयोग गर्ने क्रममा नियन्त्रणमा लिएका ११ वटा सरकारी गाडी आवश्यक कारबाहीका लागि ट्राफिक प्रहरीलाई बुझाइएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?