सप्तरीको सदरमुकामबाट माेटरसाइकल चाेरी
चन्दन रजक
राजबिराज २९ भदौ ।
राजबिराज नगरपालिका वडा नं ३ स्थित अपाची मोटरसाइकल सोरुम नजिकैको एक सहकारी तल राखेको माेटरसाइकल चाेरी भएकाे छ ।
बुधबार बेलुकी करिव साढे ३ बजे एक सहकारी बाहिर पार्किङ गरेर राखेको स ९ प ९६०८ नम्बरको कालो रङ्को १५० सिसिको यसजेत आर मोटरसाइकल चाेरी भएकाे सवारी धनी रेमत मण्डलले बताए ।
सवारीधनी मण्डल जनमत पार्टीमा कृयाशिल सदस्य हुन्। राजबिराज जनमत पार्टीमा कार्यरत मण्डल पार्टीकाे कामले बेलुका करिब साढे ३ बजे छिन्नमस्ता अस्पताल स्थित कार्यालयबाट निस्किएर राजबिराजमा साथीकाे सहकारीमा गएका थिए ।
‘साढे ३ बजेतिर पार्टीकाे कामले सहकारीमा गएकाे थिएँ’ उनले भने सधै कर्मचारीहरु राख्ने ठाउँमै मैले पनि बाइक राखेकाे हाे। सहकारी बाट तल आउँदा बाइक छैन ।
पार्किङमा राखेकाे बाइक नभेटेपछि उनले बुधबार बेलुकानै जिल्ला प्रहरी कार्यालयमा जानकारी गराएका थिए । दिनभर खाेजी गर्दा समेत नभेटिएकाे उनले बताए । साथै उनले कहीँ कतै कसैले भेटेमा वा देखेमा नजिकैको प्रहरी कार्यालय अथवा आफ्नाे माेबाइल नम्बर 980-7786685 मा खबर गरिदिन अनुरोध समेत गरेका छन् ।
यता जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले खोजीकार्य भइरहेकहेको जानकारी दिएका छन् ।






