काठमाडौं । प्रधानसेनापति प्रभुराम शर्मा यही असोज २१ गते आइतबार बेलायतको औपचारिक भ्रमणमा जाँदैछन् ।बेलायतका प्रधानसेनापति जनरल सर प्याट्रिक सान्ड्रेसको निमन्त्रणामा उनी बेलायत जान लागेका छन् ।यही असोज २६ गतेसम्म हुने प्रधानसेनापतिको बेलायत भ्रमणबारे नेपालका लागि बेलायतका राजदूत रब फेनसँग बुधबार जङ्गी अड्डामा छलफल भएको छ ।त्यस अवसरमा उनीहरूबीच पारस्परिक हित र चासोका विविध विषयमा छलफल भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।





