
जनकपुरधाम । गत शनिबार इजरायलमा भएको आतङ्कवादी हमलामा मारिएका १० जना नेपाली विद्यार्थीको सम्झनामा राजर्षी जनक विश्वविद्यालय परिवारले दीप प्रज्वलन गरिएको छ ।
सुदूरपश्चिम विश्वविद्यालयमा कृषि विज्ञान संकाय सकेर काम सिक्न इजरायल पुगेका ४९ विद्यार्थीमध्ये १० जनाको आक्रमणमा परी निधन भएको हो । आज (मङ्गलवार) साँझ उनीहरुको सम्झनामा दीप प्रज्वलन गरेको हो ।
दीप प्रज्वलनमा उपस्थितहरुले मृतक विद्यार्थीहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेका छन् । उनीहरुले इजरायलमा रहेका नेपाली नागरिकलाई तत्काल उद्धार गरी नेपाल फर्काउन सरकारसँग माग गरेका छन् ।