आम जनता पार्टीका अध्यक्ष तथा रौतहट निर्वाचन क्षेत्र नं ३ बाट निर्बाचित संघिय सांसद प्रभु साहले बैदेशिक रोजगारमा भईरहेको खुलिआम ठगीलाई रोकन प्रतिबद्धता जनाएका छन् । गृह निर्वाचन क्षेत्र नं ३ अन्तर्गत
आज (सोमबार) फतुवा विजयपुर नगरपालिका वडा नं १ बैरगनियामा आम जनता पार्टी द्वरा राखिएको महान पर्व दशै, दीपावली तथा छठ पर्वको शूभ अवसरमा अध्यक्ष साहले ठग मेनपावर र अवैध एजेण्टलाई दण्डित गर्न जनताको व्यापक माग रहेकोले यसप्रति नेपाल सरकार र सम्बन्धित निकायको गंभीर ध्यानाकर्षण भएको र संघर्ष गर्ने अध्यक्ष प्रभू साहले जोड दिएका थिए ।
आजै मौलापुर नपाको मर्यातपुर, फतुवा विजयपुर नपाको दुधीअवा, भैसहीमा आजै कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा सहभागि आइटी आर्मीको केन्द्रीय सदस्य रामशरन यादवले जनाएका हुन।
उक्त शूभकामना कार्यक्रममा आम जनता पार्टीको सचीउ पूर्व संघिय सांसद महिला नेतृ समीना हुसेन, उप महासचिव , स्थाई कमिटी सदस्य रौतहट जिल्ला इन्चार्ज अमर साह, आम महिला मिर्चाको केन्द्रीय अध्यक्ष कुमारी बबिता, महिला नेतृ रञ्जु साह, आम जनता पार्टीको नेता फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, पूर्व उप प्रमुख कान्ति देबी महतो, महिला नेतृ बबिता यादव, रञ्जु साह , लगायत अन्य नेता गणहरुको उपस्थीत थिएँ।






