९०० रुपैयाँले घट्यो सुनको मूल्य

२०७९ भाद्र १६, बिहीबार ११:५५

भदौ १६ गत्ते, जनकपुरधाम ।

साप्ताहिक कारोबारको पाँचौ दिन बिहीबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

बिहीबार सुनको मूल्य तोलामा ९०० रुपैयाँले घटेको महासंघले जानकारी दिएको हो। यस्तै, चाँदी मूल्य तोलामा ३० रुपैयाँले घटेको छ।

बिहीबार छापावाल सुनको मूल्य प्रतितोला ९३ हजार १०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँ कायम भएको छ।

यसअघि बुधबार पनि सुनको मूल्य तोलामा ८०० रुपैयाँले घटेको थियो। बिहीबार छापावाल सुन प्रतितोला ९४ हजार र तेजाबी सुन प्रतितोला ९३ हजार ५०० रुपैयाँमा किनबेच भएको थियो।

बिहीबार चाँदीको मूल्य प्रतितोला १ हजार १०० रुपैयाँ कायम भएको छ। बुधबार चाँदी प्रतितोला १ हजार १३० रुपैयाँमा किनबेच भएको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?