बिगत २१ दिन देखि ताल्चा लगेको नगरपालिका वडा अध्यक्ष ले खोल्दै

२०८० कार्तिक ११, शनिबार ०३:५८

भोला यादव रौतहट
कात्तिक
मधेश प्रदेश को रौतहटको फतुवा विजयपुर नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे छन । वडा अध्यक्ष राकेश यादव (पप्पु)को नेतृत्वमा गएका वडा अध्यक्षहरुकाे टाेलीले नगरपालिकामा लगाईएकाे ताल्चा खाेलिएकाे हाे ।

नगरपालिका अन्तरगतका शिक्षक,शिक्षिका, स्वास्थ्यकर्मी र अन्य कर्मचारीहरुले तलबभत्ताकाे माग गर्दै नगरपालिकामा अशाेज १९ गते ताल्चा लगाईएकाे थिए । नगरपालिकाकी कार्यवाहक नगर प्रमुख अम्बया खातुनले कर्मचारीहरु लाई समयमै तलब भता खुवाउन नसके पछि आक्राेशित भई कर्मचारीहरुले नगरपालिकामा ताल्चा लागाएकाे थिए ।
आज को दिन नगरपालिकामा लगाईएका ताल्चा खुलेकाे छ।
वडा अध्यक्ष यादव नेतृत्वमा गएका वडा अध्यक्षहरुले आफुहररू छठ भन्दा अघिनै तलबभत्ता खुवाउने प्रतिवध्ता जनाए पछि लगाईएकाे ताल्चा खाेलिएकाे छन।
बिगत लामो समय देखि बन्द रहेको नगरपालिका ताल्चा खुले पछि अब पुर्ण रुपमा संचालनमा आएको वडा अध्यक्ष राकेश यादव( पप्पु) जानकारी दिनु भयो ।

कार्यवाहक नगर प्रमुखलाई पटक पटक आग्रह गरे पनि केही वास्ता न गरि कन आज पनि वहाले हामिहरूकाे कुरा सुन्न समेत न आएको वडा अध्यक्ष यादवले बताउनु भयाे । साे ताल्चा प्रहरी , संचारकर्मि, , कर्मचारी , जनप्रतिनिधि र स्थानीयहरूकाे राेहबरमा ताल्चा खुलाईएकाे हाे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?