लोक प्रिय मेयर रीना कुमारी साह देउसी भैलोमा

२०८० कार्तिक २६, आईतवार १२:५४

लोक प्रिय मेयर रीना कुमारी साह देउसी भैलोमा

कार्तिक २६ गते। _मौलापुर नगरपालिकाकी लोक प्रिय मेयर रीना कुमारी साहले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनुपर्ने बताएकी छन् । प्रत्येक वर्ष झैं यस बर्ष पनि आज आईतबार आफ्नो निजि निवास मौलापुरमा लक्ष्मी पूजाको अवसरमा अयोजित देउसी, भैलो कार्यक्रमपछि बोल्दै नगर प्रमुख रीना कुमारी साहले देशको गरिबी र बेरोजगारीलाई अन्त्य गर्न राष्ट्रिय रुपमै लक्ष्मी भित्र्याउनु पर्ने बताएकी हुन् । नगर प्रमुख साहलाले आगामी दिनमा लामो सांस्कृतिक कार्यक्रम मौलापुर क्षेत्रमा आयोजना गर्ने पनि बताइन् । निजी निवासमा आयोजित कार्यक्रममा गुजरा नगरपालिका मैडाका पहाडी सामुदायिकका महिला ,बालबालिकाहरु सांस्कृतिक नृत्य गरेर देउसी भैलो खेलेका हुन् । आज देखि करिब चार दिन याे कार्यक्रम हुने नगर प्रमुख साहले बताए।

समुहमा मिलेर केटीहरूले गाउने गीत भैलो हो जुन तिहारको औशीको दिन लक्ष्मिको पूजा गरिसकेपछी घर घर गएर गाइन्छ । हिमाल, पहाड र तराई भएको देश नेपालको यो एउटा पुरानो संस्कृति पनि हो जसमा किशोर किशोरीहरु जम्मा भएर आफ्नो छिमेकीहरूको घर घरमा गएर भैलो गीत गाउँछन । यो गीत गाउँदा साधारणत: एक जना मुख्य भैलेनी हुन्छन् र समूहका अरू ब्यक्तिहरू मुख्य ब्यक्तिको भैलेनी भन्दै गीतको अन्त सम्म अनुसरण गर्छन् । भैलो खेलेको घरवाट दान, सिधा र दक्षिणा दिन्छ्न् । त्यसपछि मुख्य ब्यक्तिले भैलो गीतको अन्तमा घरका सबै जनालाई शुभकामना र आशिष दिन्छ र समुहका मान्छेहरू भैलो भन्दै गर्छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?