सिरहामा आजपाको बहृत्त सभा, गरिब दलितलाई आवासको लागि सशक्त आन्दोलन गर्ने

२०८० कार्तिक २७, सोमबार ०८:४०

 

कार्तिक २७ गते _आम जनता पार्टीले गरिब दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका गरेको छ । मधेश प्रदेशको सिरहा जिल्लामा आज सोमवार आयोजित बृहत्त सभासहितको शुभ दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना कार्यक्रममा गरिब दलितलाई आवासको व्यवस्थाको गर्न सशक्त आन्दोलन गर्ने प्रतिबद्धताका माग सहित नेताहरुले आवाज उठाएका छन् ।

आजपाका नेता उदय साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमलाई केन्द्रीय अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले पनि सम्बोधन गरेका थिए । सो क्रममा अध्यक्ष साहले मुलुकको समसामयिक राजनीतिक विषयबारे पनि आफ्नो धारणा राखेका थिए ।

सिरहाको मिर्चैया बजारमा बृहत सभासहित शुभकामना आदानप्रदान कार्यक्रम सभ्य र भब्य रूपमा सम्पन्न भएको आजपा मधेश प्रदेश अध्यक्ष नेता उमेश कुशवाहाले जनाए । उक्त अवसरमा पार्टी उपाध्यक्ष रामप्रित राम, श्रीचन मुखिया, उमेश कुशवाहा, बिल्टू यादव लगायतका नेताहरुको उपस्थति थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?