कार्तिक २९ गते । प्रभु साह नेतृत्वको आम जनता पार्टीले देशमा भईरहेको दलतन्त्रको अभ्यासले आम जनता लाचार बन्दै गएको र नेताहरु लुट र भ्रष्टाचारमा डुबी सकेको सन्दर्भमा देशलाई बचाउन दलतन्त्रको विरुद्ध संघर्ष गर्ने प्रतिबद्धता जनाएको छ । नेपालीहरुको महान पर्व बितेको दसैं दिपावली तथा आउँदै गरेको छठ पर्वको शुभ–अवसरमा आज (बुधबार)
रौतहटको बौधीमाई नगरपालिकाको सरमुज्वामा पार्टीद्धारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा आम जनता पार्टीका अध्यक्ष प्रभु साहले यस्तो प्रतिबद्धता व्यक्त गरेका हुन् ।साहले लुट र भ्रष्टाचारमा डुबी सकेको सन्दर्भमा देशलाई बचाउन दलतन्त्रको विरुद्ध संघर्ष गर्ने प्रतिबद्धताका साथ देशमा बढ़दो भ्रष्टाचारको बिरुद्ध लड्न पार्टी पँक्तिलाई निर्देशन दिएका हुन् । कार्यक्रमको अध्यक्षता वडा प्रत्याशी गंगा बैठाले गरेका थिए। विशेष अतिथिहरुमा स्थाई कमिटी सदस्य मनोज यादव, त्रिभुवन साह, मौलापुर नगर प्रमुख रीना कुमारी साह, मधेश प्रदेश अध्यक्ष उमेश कुशवाहा, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव, नेता चन्देश्श्वर बैठा, हृदय नारायण दास, श्रीभगवान पटेल,रन्जु कुमारी साह लगायतका नेताहरुको उपस्थिति रहेको थियो । उक्त अवसरमा आम जनता पार्टीमा सयौंको सख्यामा आजपामा प्रवेश गरेका हुन्। अध्यक्ष प्रभू साहले टिका माला लगाएर स्वागत गरेका हुन्।
सो अवसरमा चर्चित कलाकारहरु दिपलाल यादव, गायक नविन सिंह,कनक सिंह लगाएतका कलाकारहरु आफनो प्रस्तुती दिएका थिए । आजपाले देशलाई अहिलेका ठूला दलका केही नेताहरुले मुठ्ठीमा लिएको र उल्टो दिशामा लगिरहेको दाबी गरिरहेको छ ।अध्यक्ष साहले त वर्तमान व्यवस्था खारेज नगरी देश र जनताले सुखानुभूति गर्न नसक्ने ठोकुवा गरेका छन् । देशमा अहिले खुलियाम भ्रष्ट भईरहेकाे छ,देशका ठूला ठूला दलका नेताहरु भ्रष्टमा लीप्त छन् अध्यक्ष साहले आरोप लगाएका हुन्। आजै बाराको आदर्श कोतवाल गाउँपालिकाको रुपौलियामा पनी शूभकामना आदान प्रदान तथा अन्तरक्रिया कार्यक्रम युवा नेता रमेश ठाकुरको अध्यक्ष्ता सम्पन भएका हुन्।






