दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु

२०८० मंसिर १, शुक्रबार १३:०२

कपिलवस्तुको वाणगंगा नगरपालिका–८, बोर्डगाँउमा दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ । एकजना घाइते छन् ।

हिजो बेलुका करिब पौने ८ बजे लु४३प ८०१३ र लु१९प १७२० नम्बरका मोटरसाइकल आपसमा ठोक्किएका थिए । १७२० नम्बरका चालक अर्घाखाँचीको ढाकाबाङ गाउँपालिका–६ का २५ वर्षीय मानबहादुर गमालको मृत्यु भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?