जनकपुरधाम, मङ्सिर ३ । सूर्यको उपासनाको पर्व छठको आज मुख्य दिन । आज साँझ अस्ताउँदो सूर्यको पूजा आराधनासहित अर्घ्य दिइएको छ । मिथिलाञ्चलसहित देशका विभिन्न स्थानमा छठीमाताको पूजाअर्चनासहित अस्ताउँदो सूर्यलाई अर्घ्य दिइएको हो ।
छठ पर्वका लागि देशभरका विभिन्न स्थानमा नदी किनार तथा जलाशयहरु सिँगारेर झकिझकाउ बनाइएका छन् । विगतमा तराई मधेशमा मात्र मनाइने छठ पछिल्ला वर्षहरुमा पहाडी क्षेत्रमा पनि मनाउन थालिएको छ । मधेस प्रदेशको बरा, पर्सा, सर्लाही, महोत्तरी, धनुषा , सिरहा र सप्तरीमा विभिन्न जलाशयमा छठघाट सजाएर झकिझकाउ पारिएको छ ।
भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ समापन हुनेछ । विधिपूर्वक व्रत बसेर छठी माताको पूजा र सूर्यको उपासना गर्दा मनले मागेको फल पाइने र परिवारको कल्याण हुने विश्वास गरिन्छ ।
सूर्यदेवको आराधना र पूजा गरेर कार्तिक शुक्ल चतुर्दशीदेखि सप्तमीसँग छठ मनाइन्छ ।
(तस्बिरहरु )

पर्सा गाउँपालिका छाठ घाटको तस्बिरहरु







