पुरात्विक महादेव मन्दिर पतौराबाट बैधनाथ साह साईकलबाट बैष्णो देवी पर्स्थान

२०८० मंसिर १७, आईतवार ०३:१६

 

मंसिर १६ गते। रौतहट जिल्लाको एतिहासिक प्रयटकिय शिव नगरी स्थल पुरात्विक महादेव मन्दिर पतौराबाट कटहरिया नगरपालिका वडा नं ८ पिप्रा पोखरीया निवासी बैधनाथ साह कलवार आज शनिबार माता बैष्णो देवीको दर्शन गर्नको लागी करिब १७५० कि.मी. साईकल बाट नेपालको झन्डा बोकी यात्रा सुरवात गरेका हुन।

देशको सूख समृद्धि शान्ती प्राप्तीको लागि बैजनाथ साह कलवारले शनिबार मौलापुर नगरपालिकाको प्राङगणबाट साइकहल यात्रा सुरु गरेका छन् ।मधेश प्रदेशकै पहिलो मेयर मौलापुर नगरपालिकाको नगर प्रमूख रिना कुमारी साह, फतुवा विजयपुर नगरपालिकाको मेयर प्रत्यासी विजय यादव निर्विज आम जनता पार्टीका नेता हेम प्रसाद साह, रामशरन यादव, निमित प्रमुख प्रसासकिय अधिकृत रामबाबु साहले खादा, माला र अबिर लगाएर साइकल तीर्थ यात्रीलाई बिदाइ गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?