विश्व माटो दिवसको अवसरमा सरकारले माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई जना किसान सम्मानित भएका

२०८० मंसिर १९, मंगलवार १२:०८

विश्व माटो दिवसको अवसरमा सरकारले माटोको स्वास्थ्य र उर्वराशक्ति कायम गर्ने दुई जना किसान सम्मानित भएका छन् ।

दाङमा पर्ने लमही नगरपालिका २ का प्रेम चौधरी र रुकुममा पर्ने मुसिकोट नगरपालिका ८ का कृष्ण बहादुर खड्कालाई सम्मान गरिएको हो ।

विभिन्न जिल्लाबाट ३ हजार ४ सय ७५ वटा माटोको नमुनाहरू संकलन गरिएको थियो । सोबाट चौधरी र खड्काले खेती गर्ने माटो उत्कृष्ट भएको थियो ।

दुबैलाई दश/दश हजार नगदसहित सम्मान गरिएको हो ।

माटोमा रासायनिक भन्दा प्राङ्गारिक मलको प्रयोग गर्ने भएकाले माटो राम्रो भएको खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?