२०८० मंसिर २८ काठमाडौ
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि आक्रमण प्रयास भएको छ । एमाले झुलाघाट– चिवाभञ्ज्याङ संकल्प यात्रामा रहेको छ। संकल्प यात्राको आज १५औँ दिन रहेको छ।
नेकपा एमालेका नेता उपमहासचिव प्रदीप ज्ञवालीले धनकुटाको लेगुवामा मादक पदार्थ सेवन गरेका एक युवाले अवरोध गर्न खोज्दा शंकास्पद लागेर प्रहरीले नियन्त्रणमा लिएको बताए ।
“आक्रमण प्रयास भएको हो, छुन पाएन,” उनले भने, “धनकुटाको लेगुवामा शंकास्पद लागेपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।”






