बिभिन्न पार्टी परित्याग गरी जनमत पार्टीमा प्रवेश केन्द्रीय सदस्य यादवले गरे स्वागत।

२०८० पुष २४, मंगलवार १५:४६
रौतहट । डा. सीके राउत नेतृत्वको जनमत पार्टीको मंगलबार गढीमाई नगरपालिका वडा नं ४ मा श्री बालकृष्ण ठाकुर नेपाली ज्युको अध्यक्षतामा एवं जनमत पार्टी केन्द्रीय सदस्य तथा पालिका पर्यवेक्षक बिकास कुमार यादव को प्रमुख आतिथिमा र गढीमाई नगरपालिका जनमत पार्टी को मेयर प्रत्याशी बिवेकानंन्द साह, दलित जनमत संघको जिल्ला अध्यक्ष जयमंगल पासवान को विशेष अतिथिमा दोस्रो वडा अधिवेशन कार्यक्रम भव्यताका साथ सम्पन्न भएको थियो ।

उक्त अधिवेशन बाट श्री बालकृष्ण ठाकुर नेपाली ज्युको अध्यक्षतामा ११ सदस्य वडा मूल, श्रीमती राधा देवी पासवान ज्युको अध्यक्षतामा ३६ सदस्य महिला जनमत संघ, श्री प्रेमलाल पटेल ज्युको अध्यक्षतामा वडा जनपरिचालन समितिहरु गठन गरिएको छ।
साथै बिभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा जनमत पार्टीमा प्रवेश गरेको हो। जनमत पार्टीको केन्द्रीय सदस्य यादवले पार्टीको सदस्यता दिएर प्रवेश गरेका हुन।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?