सनोज यादब जनकपुर – कार दुर्घटना हुदा चार जनाको मृत्यु भएको छ। भने अन्य एक जना घाइते भएका छन्। थानकोट–चित्लाङ सेतो महरा भन्ने स्थानको सडक खण्डमा निजी कार दुर्घटना भएको हो।
प्रहरी वृत्त थानकोटका डीएसपी नारायण अधिकारीका अनुसार ओमकार निधि तिवारीसहित चार जनाको मृत्यु भएको भन्ने प्रारम्भिक जानकारी आएको छ । घाइते एकजनालाई अस्पताल लगिएको छ ।
यस घटनाबारे थप विवरण आउन बाँकी रहेको अधिकारीले जनाएको छ।






