जनकपुरधाम, माघ ५ गते । बलिदानी दिवसको अवसरमा जनमत पार्टीका राष्ट्रिय सचिव बीपी साह,विद्यार्थी जनमत संघ धनुषा अध्यक्ष बिरेन्द्र कु यादव,पार्टी नेता पवन मण्डलको उपस्थितिमा मधेश आन्दोलनका आन्दोलनकारी परिवारलाई कम्बल वितरण गरिरहेको छ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्वर १ स्थित विपन्न बस्तीमा दर्जनौं परिवारलाई कम्बल वितरण गरिरहेको हो।
‘मधेश आन्दोलनका क्रममा यिनै दलित-विपन्न परिवारहरु सडकमा ओर्लिएका थिए, जसकारण आन्दोलन सफल भयो।’ साहले भने,’सुकिलामुकिलाहरु मन्त्री सांसद भए तर यिनै आन्दोलनकारीहरुको अबस्था जस्ताको तस्तै छ।’
मधेश आन्दोलनलाई सफल बनाउने आन्दोलनकारीहरुको सम्मान नभएसम्म सफल्ता अधुरा रहने सचिव साहले बताए।






