जनकपुरधाम, माघ ५ गते । महोत्तरी क्लबले शहीदहरु प्रती श्रद्धाञ्जलि अर्पण गरेर बलिदानी दिवस मनाएका छन् । मधेस विद्रोह र मधेस आन्दोलनको क्रममा साहदत प्राप्त गरेका शहीदहरुको स्मरणमा एक कार्यक्रमको आयोजना गरि क्लबले बलिदानी दिवस मनाइएको हो ।
महोत्तरी क्लबका अध्यक्ष मोहन कुमार भगतको अध्यक्षता तथा माननीय सरोज कुमार सिंहको प्रमुख आतिथ्यमा कार्यक्रमको आयोजना गरिएको थियो ।
यसै कार्यक्रमबाट अयोध्यामा हुने श्रीराम मन्दिरको प्राण प्रतिष्ठाको अवसरमा माघ ७ गते जलेश्वर नगरपालिकाको चर्चित तिर्थस्थल महादेव मन्दिरको परिसरमा सरसफाइ कार्यक्रम र माघ ८ गते दिप प्रज्वलन कार्यक्रम रहेको क्लबको अध्यक्ष भगतले बताए ।
कार्यक्रममा जलेश्वर नगरपालिका पुर्व मेयर रामशंकर, कृष्णशंकर साह, क्लबका सचीव लक्ष्मण साह लगायत क्लबका सम्पुर्ण सदस्यहरुको उपस्थित रहेको थियो । साथै मधेस विद्रोह र विभिन्न आन्दोलनका क्रममा शहीद भएकाहरुलाई स्मरण गर्दै श्रद्धाञ्जलि अर्पण गरेका छन ।






