जनमत पार्टीले छोड्यो मधेश सरकार, समर्थन पनि फिर्ता

२०८० माघ ९, मंगलवार १२:४०

जनकपुरधाम, माघ ९ गते । सीके राउत नेतृत्वको जनमत पार्टी मधेश सरकारबाट बाहिरिएको छ । मधेश प्रदेशको सप्तरीमा सोमबार जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले कृषि विश्वविद्यालयको भवन शिलान्यास गर्ने क्रममा झडप भएको थियो ।

सो क्रममा मधेशका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव, प्रदेश सांसदहरु सतिश सिंह, रञ्जु खंग र भाग्यश्री चौधरी घाइते भएको थियो ।

आज मंगलबार जनमत पार्टीले प्रदेश प्रमुखलाई समर्थन फिर्ताको पत्र बुझाएका छ्न । हाल मधेस प्रदेशमा सरकारमा शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंह गरि १३ सांसद रहेको छ ।

मधेशमा जनता समाजवादी पार्टीका नेता सरोजकुमार यादव मुख्यमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?