यू-१९ विश्वकपमा नेपालको लगातार दोस्रो हार  

२०८० माघ १०, बुधबार १६:०५

काठमाडौ, माघ १० गते । नेपालले आईसीसी यू-१९ विश्वकपमा आज पाकिस्तान संग पराजित भएको छ । टस जितेर पहिले ब्याटिङ गरेको नेपालले अन्तिम बलमा अलआउट हुनुअघि १९७ रन बनाएर १९८ रनको लक्ष्य दिएको थियो ।

पाकिस्तानले ५ विकेट गुमाउँदै ४७.४ ओभरमा ६ विकेटले जित हाथ सफल परेका छ्न । पाकिस्तानका ओपनरद्वय शमयल हुसेन र शाहजइब खानले समान ३७-३७ रन जोड्ने क्रममा ८० रनको ओपनिङ साझेदारी गरे। अजन अवाइस र हरुन अर्शदले नटआउट ३३ रनको साझेदारी गर्दै पाकिस्तानलाई जित दिलाए। अजनले नटआउट ६३ रन र हरुनले नटआउट १५ रन जोडेपछि पाकिस्तानले जित निकाल्यो

नेपालका लागि ओपनिङ ब्याटर विपिन रावलले सर्वाधिक ३९ रन बनाए। उनले ६८ बलमा ४ र्चाैका र १ छक्कासहित सर्वाधिक ३९ रन बनाए । कप्तान देव खनाल २३ रन जोडेर १७.१ ओभरमा आउट भएका थिए। उनले ओपनिङ ब्याटर विपिनसँग तेस्रो विकेटका लागि ३७ रनको साझेदारी गरे।

उत्तम मगरले पनि ४ रनभन्दा बढी जोड्न सकेनन्। ओपनिङ ब्याटर विपिन पाँचौं विकेटको रुपमा ३९ रनमा बनाएर आउट भएका थिए। गुलसन झा १८ रन मात्र बनाउन सके। यस्तै दिपेश कँडेल १३ रन र दीपक डुम्रे २६ रनमा आउट भए। अन्तिम एक बल बाँकी छदा आउट भएका सुवास भण्डारीले २४ बलमा २० रन जोडे। आकास चन्दले ११ बलमा नटआउट १६ रन जोडे।

प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो भने पाकिस्तानको दोस्रो जित हो। पहिलो खेलमा नेपालले न्युजिल्यान्डसँग हार बेहोरेको थियो। पाकिस्तानले भने पहिलो खेलमा अफगानिस्तानलाई पराजित गरेको थियो। अब नेपालले शुक्रबार समूहको अन्तिम खेलमा अफगानिस्तानसँग खेल्नेछ। सो खेलमा जित निकाले नेपाल सुपर ६ मा पुग्नेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?