महोत्तरीको भंगहा नगरपालिकामा कार्यरत कर्मचारीले आफ्ना श्रीमतीदेखि सालीसम्मलाई जागिर

२०८० माघ २०, शनिबार ०२:५७

 

महोत्तरीको भंगहा नगरपालिकामा कार्यरत कर्मचारीले आफ्ना श्रीमतीदेखि सालीसम्मलाई जागिर दिएका छन l

पालिकाको विभिन्न ५ पदमा करारमा कर्मचारी भर्ना गर्नुपर्नेमा ४ जना कर्मचारीकै नातागोता परेका छन्।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विजय यादवकी श्रीमती सिर्जना यादव रोजगार सहसंयोजकमा, नगरपालिकाका स्वास्थ्य संयोजक राजु साहकी श्रीमती कल्पना मैनाली ल्याब असिस्टेन्टमा, पालिकाका आईटी अफिसर लक्ष्मी रायकी साली सीमा सिंह अनमीमा र वडा नं. ६ की अध्यक्ष राजीशरण यादवकी भतिजी रेनु कुमारी यादव अनमीमा जागिरका लागि पास भएका छन्।

जम्मा ५ वटा पद मध्य एउटा कार्यालय सहयोगी बाहेक अन्य पदमा नातेदार रहेका छन्।

दक्ष उम्मेदवारलाई नियोजित रुपमा हटाइ आफ्नै श्रीमती सालीलाई जागिर दिएको एकजना उम्मेदवारले जानकारी दिएका छन्। उनले भने आफ्नै नातेदारलाइ जागिर दिनु थियो भने यतिको नाटक गर्नु र जथाभावी जनताको पैसा खर्च गर्नु जरुरी थियो भनेर प्रश्न गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?