जनकपुरमा स्कूल बसको ठक्करले एक भारतिय नागरिकको मृत्यु 

२०८० माघ २५, बिहीबार ०६:१२

जनकपुरधाम, माघ २५ गते  । जनकपुरमा स्कूल बसले ठक्कर दिँदा एक जना भारतिय युवकको मृत्यु भएको छ ।

आज (विहिबार) विहान करिब ८ः३० बजेको समयमा जनकपुरधाम उपमहागनरपालिका वडा नं.२३ बेलापुरस्थित जनकपुरको श्रीराम बोर्डिँग स्कूलको बा २ प ७६० नम्बरको बसले ठक्कर दिएपछि युवकको मृत्यु भएको हो ।

मृत्युु हुनेमा साईकल यात्री भारतको मधुवनी जिल्ला बस्ने तथा हाल जनकपुरमै ससुराली बस्दै आएका बर्ष २७ का ममताज कवारीलाई ठक्कर दिएपछि गम्भिर घाईते भएका थिए । उनलाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुर लैजाँदा चिकित्सकले मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यता, स्कूल बस र चालक महोत्तरीको रामगोपालपुर नगरपालिका वडा नं. ५ बस्ने रामजस मण्डललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?