लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएपछि सरकारले घटायो बजेटको लक्ष्य: मन्त्री महत

२०८० माघ २९, सोमबार १३:१०

काठमाडौं, माघ २९ गते । अर्थमन्त्री डा‍. प्रकाश शरण महतले चालु आर्थिक वर्षको बजेटको आकार घटेको बताएका छन् ।

सिंहदरबारमा सोमबार चालु आर्थिक बर्षको बजेटको अर्धवार्षिक समीक्षा सार्वजनिक गर्दै अर्थमन्त्री डा प्रकाशशरण महतले चालू आर्थिक वर्षमा कुल खर्चको ८७.३८ प्रतिशत मात्र खर्च हुने अनुमान गरिएको जानकारी दिए। सरकारले चालु आवका लागि १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट ल्याएको थियो।

तर, अर्धवार्षिक समीक्षामार्फत सरकारले अब १५ खर्ब ३० अर्ब रुपैयाँ खर्च हुने संशोधित अनुमान गरेको छ। जुन कुल विनियोजनको ८७.३८ प्रतिशत हो। अर्थमन्त्री महतले लक्ष्यअनुरुप आम्दानी हुने अवस्था नदेखिएको बताउँदै मन्त्री महतले बजेटको आकार घटाउनुपरेको जिकिर गरे।

उनले समग्र अर्थतन्त्रको सूचक सकारात्मक हुदै गएको तर प्रयाप्त नभएको बताए। बैंकिङ तरलतामा सुधार, वैदेशिक लगानीको प्रतिवद्धतामा बृद्धि, पर्यटन क्षेत्रमा बृद्धि भएको, कर्जा ४ प्रतिशतले वृद्धि भएको उनले बताए। राजस्व परिचालनको क्षेत्रमा अनुमानीत तुलनामा ७७ दशमलव १४ प्रतिशत रहेको उनले जानकारी दिए। अर्थमन्त्री महतले राजस्व वृद्धि दर ९ दशमलव ३७ रहेको बताए।

त्यस्तै अर्थमन्त्री महतले विश्व बैंकको अन्तराष्ट्रिय विकास संघ (आईडिए)ले नेपालमा सम्मेलन गर्न लागेको र सम्मेलनमा विश्व बैंकका अध्यक्षसहित ९२ देशका प्रतिनिधि नेपाल आउने जानकारी दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?