जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु

२०८० फाल्गुन १, मंगलवार १३:२०

पाल्पा, फाल्गुन १ गते  । पाल्पामा आज जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ । तिनाउ गाउँपालिका वडा नं. ५, मस्यामको चिदिसमा जीप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको हो ।

सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जीप डुम्रे र चिदिसको बीच भागमा दुर्घटना भएको हो । मृत्यु तथा घाइते हुनेहरु स्थानीय चिदिस गाउँका रहेको बताइएको छ ।

दुर्घटनास्थलमा खटिएका प्रहरीले भने जिल्लाको टोली पुगेपछि मात्रै मृतकहरुबारे जानकारी दिने बताएको छ ।

घटनास्थलमा प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुलाई लुम्बिनी मेडिकल कलेज प्रभासमा लगिएको छ । मृतक र घाइतेको पहिचान खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?