भाइलेन्टाइ डेमा करिब ५ करोड बराबरको गुलाबको कारोबार

२०८० फाल्गुन ३, बिहीबार १२:०६

काठमाडौँ, फाल्गुन ३ गते ।  यस वर्षको भाइलेन्टाइन डे (प्रणय दिवस) को साताभर ३ लाख ५० हजार गोटा गुलाबको  फूल खपत भएको छ । फ्लोरिकल्चर एसोसिएसनका अनुसार प्रणय दिवसको एक सातामा बिक्री भएको गुलाबको मूल्य करिब ३ देखि ५ करोड  रुपैयाँ बराबर रहेको छ ।

एसोसिएसनका अनुसार पोहोरको प्रणय दिवसको तुलनामा यो वर्ष धेरै गुलाब खपत भएको छ । पोहोरको प्रणय दिवसमा एक सातामा २ लाख ७ हजार स्टिक गुलाब खपत भएको एसोसिएसनले जानकारी दिएको छ । भने यो ४० प्रतिशतले गुलाबको खपत बढेको छ ।

फ्यानका अध्यक्ष तमाङ्ग्का अनुसार प्रणय दिवसको अवसरमा ९० प्रतिशत गुलाबको आयात हुने गर्छ भने १० प्रतिशत आफ्नै स्वदेशी उत्पादनले बजारको माग थेग्ने गरेको छ ।

पश्चिमी देशबाट सुरु भएको भ्यालेन्टाइन डे नेपालमा पनि फ्रेबु्रअरी ७ तारिखदेखि फ्रेब्रुअरी १४ तारिखसम्म मनाउने गरिन्छ। भ्यालेन्टाइन सप्ताहान्तको अवधिमा रातो रंगको  गुलाब फूलको अत्यधिक माग हुने गर्छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?