१७ बैशाख,जनकपुरधाम। धनुषामा अवैध रुपमा भारबाट भन्सार छलि ल्याएको ब्रोईलर कुखुरा बरामद गरिएको छ।
ईलाका प्रहरी कार्यालय धनुषाबाट खटिएको प्रहरी गस्ती टोलीले जनकपुर उप-महानगरपालिका वडा नं. ४ स्थित सडक खण्डमा दक्षिण भारतबाट नेपाल तर्फ आउदै गरेको ज. १ च. ८७४ नम्बरको पिककप सहित अवैध ब्रोईलर कुखुरा बरामद गरेको हो।
बरामद गरिएको अबैध कुखुराको तौल ४६८ कि.ग्रा. रहेको र पिकप सहित करिब ११ लाख १७ हजार २०० सय मुल्य बराबरको रहेको धनुषा प्रहरी जनाएको छ । पिककप चालक फरक रहेको र बरामद समानलाई आवश्यक कार्वाहीको लागी आजै पशु क्वारेन्टाईन जनकपुर धनुषामा पठाइएको प्रहरी जनाएको छ ।






