बाराबाट लागूऔषध गाँजा सहित दुई जना पक्राउ

२०८१ बैशाख १८, मंगलवार १०:१७

बारा,१८ वैशाख । बाराबाट अबैध लागूऔषध गाँजा २१६ किलोसहित २ जनालाइ प्रहरीले पक्राउ गरेको छ । निजगढ  नगरपालिका १० स्थित सडकबाट नितपुरसिमर उपमहानगरपालिका २ बस्ने ३२ वर्षीया आकाश लामा समेत २ जनालाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट रतनपुर र इलाका प्रहरी कार्यालय निजगढबाट खटिएको संयुक्त टोलीले रतनपुरबाट निजगढतर्फ जाँदै गरेको ना ५ ख ७५५२ नम्बरको ट्रकलाई जाँच गर्ने क्रममा ट्रकमा रहेको ७ वटा बोरामा उक्त परिमाणको गाँजा फेला पारी ट्रक चालक लामा समेत २ जनालाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?