१ लाख २३ हजार नक्कली नोटसहित दुई जना पक्राउ

२०८१ बैशाख १८, मंगलवार ११:५७

१८ बैशाख,वीरगंज। वीरगंज महानगरपालिका-९ घण्टाघरस्थित सडकबाट नक्कली नोटसहित प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा भारत पश्चिमी चम्पारण बेतिया भावल पंचायत-४ बस्ने ३० वर्षीय क्यामुदिन मियाँ र बारा प्रसौनी गाउँपालिका-२ बस्ने ४० वर्षीया हलिमा खातुन रहेका छन्।

उनीहरुको साथबाट नेपाली १ हजार दरको १ सय २३ थान नक्कली नोट बरामद भएको छ । वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त नोटसहित पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता डिएसपी कुमारविक्रम थापाले जानकारी दिए।

पक्राउ परेका दुवै जनामाथि मुद्रासम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको थापाले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?