पीएसजीद्वारा अजासियो ३-० ले पराजित

२०७९ कार्तिक ५, शनिबार ०५:४८

५ कार्तिक । लिग वान फुटबलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फराकिलो जित निकालेको छ । शुक्रबार राति भएको खेलमा पीएसजीले अजासियोलाई ३-० को फराकिलो अन्तरले पराजित गरेको हो ।

अजासियोको घरेलु मैदानमा भएको खेलमा पीएसजीलाई फराकिलो जित दिलाउन केलियन एमबाप्पे २ गोल गर्दा लियोनल मेस्सी १ गोल गरे । खेलको २४ औं मिनेटमा केलियन एमबाप्पेले गोल गर्दै पीएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यस्तै खेलको ७८ औं मिनेटमा लियोनल मेस्सीले गोल गर्दै पीएसजीको अग्रता दोब्बर बनाए ।

त्यसपछि व्यक्तिगत दोस्रो गोल गर्ने क्रममा खेलको ८२ औं मिनेटमा एमबाप्पेले गोल गर्दै पीएसजीलाई ३-० को फराकिलो जित दिलाए । जितसँगै पीएसजील ३२ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा छ भने ८ अंक जोडेको अजासियो पुछारदेखि तेस्रो स्थानमा रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?