६ कार्तिक । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज (आइतबार) सुनको मूल्य शनिबारको मूल्य अनुसार नै कारोबार भएको हो । यसअघि सुनचाँदी व्यवसायी महासंघले शनिबारको दिन सुनचाँदीको मूल्य तोक्दैनथ्यो । तर, हिजो धनतेरस परेकाले हिजो सुन एकै दिन १५०० रुपैयाँले बढेको थियो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार रहँदा शनिबार पनि रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेकामा शनिबार पनि प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी पनि शनिबारको मूल्य अनुसार नै कारोबार भएको महासंघले जनाएको छ । शनिबार चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






