७ कार्तिक । नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । आज (सोमबार) सुनको मूल्य आइतबारको मूल्य अनुसार नै कारोबार भएको हो ।
स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९४ हजार रहँदा आइतबार पनि रु ९४ हजारमा कारोबार भएको थियो । त्यस्तै आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९३ हजार ५०० रहेकामा आइतबार पनि प्रतितोला रु ९३ हजार ५०० मा कारोबार भएकोे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
त्यसैगरी आज चाँदी पनि आइतबारको मूल्य अनुसार नै कारोबार भएको महासंघले जनाएको छ । आइतबार चाँदी प्रतितोला एक हजार २१५ मा कारोबार भएको थियो । महासङ्घले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने घटबढका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ ।






