Sharda University

क्यानले तोक्यो एनपीएलका लागि टिकट मूल्य

२०८१ मंसिर १०, सोमबार २१:००

मंसिर १० , काठमाडौं

लिग चरणको अन्य दिनका खेलहरूमा जनरल तर्फको टिकट मूल्य ३०० र भीआईपी टिकटको मूल्य ५००‌ रुपैयाँ तोकिएको छ ।

प्लेअफका खेलहरूमा जनरल टिकट ५०० रुपैयाँ र भीआईपी टिकट ७००‌ रुपैयाँको‌ हुनेछ । फाइनल खेलमा जनरल टिकट ५००‌ र भीआईपी टिकट १००० रुपैयाँको हुनेछ ।

नेपाल प्रिमियर लिग एनपीएल क्रिकेटको  आगामी शनिबारदेखि सुरु हुँदै छ ।

क्यानले प्रतियोगिताका लागि टिकट मूल्य तोकेको छ । क्यानका अनुसार पहिलो दिन अर्थात् उद्घाटनको दिनमा जनरल तर्फको टिकट मूल्य ३०० रुपैंयाँ तोकिएको छ भने भीआईपीतर्फको टिकट मूल्य ७००‌‌ रुपैयाँ तोकिएको छ ।त्यसैगरी क्यानले सिजनल‌ पासको पनि व्यवस्था गरेको छ जसमा‌ २०% छुट दिइएको छ । प्रतियोगिता भरीलाई‌ हुने उक्त टिकटको जनरलतर्फ ४,४८०‌रुपैयाँ र भीआईपी तर्फ ८,२४० रुपैयाँ पर्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?