छोरीलाई जन्म दिइन् आलियाले

२०७९ कार्तिक २०, आईतवार ०९:११

२० कार्तिक । बलिउड अभिनेत्री आलिया भट्टले आइतबार छोरीलाई जन्म दिएकी छिन् ।छोरीलाई जन्म दिएसँगै आलिया र अभिनेता रणबीर कपुर छोरीका आमा–बुवा बनेका छन् ।

भारतको एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा आलियाले छोरीलाई जन्म दिएकी हुन् । छोरी जन्मिएपछि आलियाले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टमा तीनवटा सिंहको तस्बिरसहितको पोस्ट सेयर गरेकी छिन् ।

यो तस्बिरसँगै आलिया भट्टले लेखेकी छिन्, ‘र हाम्रो जीवनको सबैभन्दा उत्कृष्ट खबर । हाम्रो बच्चा आइपुग्यो, यो छोरी एकदम जादुयी छ । हामी मायाले भरिएका छौं, भाग्यमानी छौं र आमाबाबु बनेका छौं । आलिया र रणवीरको धेरै माया ।’ छोरीलाई जन्म दिएपछि उनलाई बधाई आइरहेको छ । गत वैशाखमा आलिया र रणबीर विवाह बन्धनमा बाँधिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?