बालेन शाहको विजयसँगै उनले अध्ययन गरेको इन्स्टिट्युटका प्राध्यापक खुशी

२०८२ फाल्गुन २६, मंगलवार १३:२९

जनकपुरधाम फालगुन २६ : बालेन साह को विजयसँगै उनले अध्ययन गरेको भारतको बेंगलुरुस्थित Nitte Meenakshi Institute of Technology का प्राध्यापकहरु खुशी भएका छन्।

बालेनले यही इन्स्टिट्युटबाट सिभिल इन्जिनियरिङ अध्ययन गरेका थिए। अहिले उक्त इन्स्टिट्युटका प्राध्यापकहरुले बालेनप्रति गर्व व्यक्त गर्दै उनलाई अनुशासित, समयपालक र लक्ष्यप्रति केन्द्रित विद्यार्थी भएको स्मरण गरेका छन्।

उनका शिक्षकहरुले बालेनलाई कक्षामा शान्त स्वभाव भएपनि पढाइप्रति निकै गम्भीर रहने विद्यार्थीका रुपमा सम्झिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?