बाँदर आतंकले किसान हैरान, तेह्रथुममा जेठ १ गते ‘बाँदर धपाउने अभियान

२०८३ बैशाख ३०, बुधबार ०९:५१

काठमाडौँ :तेह्रथुमको लालीगुराँस नगरपालिका मा किसानहरूलाई बाँदरको आतंक बढ्दै गएपछि नगरपालिकाले जेठ १ गते विशेष “बाँदर धपाउने अभियान” सञ्चालन गर्ने भएको छ। खेतबारीमा लगाइएको मकै, फलफूल तथा विभिन्न बालीमा बाँदरले लगातार क्षति पुर्‍याउन थालेपछि स्थानीय किसानहरू समस्यामा परेका छन्।

 

नगरपालिकाले अभियानलाई प्रभावकारी बनाउन अत्यावश्यक सेवा बाहेक सबै सार्वजनिक सेवा बन्द रहने गरी सार्वजनिक बिदासमेत घोषणा गरेको जनाएको छ। अभियानमा जनप्रतिनिधि, कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीयवासीको सहभागिता रहने बताइएको छ।

 

पछिल्लो समय बाँदरको संख्या बढ्दै जाँदा ग्रामीण क्षेत्रमा खेतीपाती जोगाउनै कठिन भएको भन्दै किसानहरूले दीर्घकालीन समाधानको माग समेत गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?