२०८० श्रावण ४ काठमाडौ
आज देखि नवौ संस्करण अस्ट्रेलिया र न्युजिल्याण्डले संयुक्त रुपमा आयोजना गरिरहेको छ। यस विश्वककमा अहिलेसम्मकै सबैभन्दा धेरै ३२ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।आज दुई खेल हुनेछ। समुह ए मा रहेको न्युजिल्याण्ड र नर्वेबीच उद्घाटन खेल हुनेछ । यस खेल अकल्याण्डस्थित एडेन पार्कमा नेपाली समय अनुसार दिउँसो सवा १२ बजे सुरु हुनेछ ।
अर्को खेल समूह बी मा आयोजक अस्ट्रेलिया र रिपब्लिक अफ आयरल्याण्डबीच सिड्नीस्थति स्टेडियम अस्ट्रेलियामा नेपाली समय अनुसार दिउँसो पौने ४ बजे सुरु हुनेछ ।
अमेरिकाले सर्वाधिक चार पटक उपाधि जितेको छ। जर्मनीले दुई तथा नर्वे र जापानले समान एक पटक उपाधि जितेका छन् ।
जम्मा १० स्टेडियम मा खेल हुनेछ।जसमा अस्ट्रेलियाको ६ र न्युजिल्याण्डको ४ स्टेडियममा खेल खेलाइनेछ । फाइनल खेल आगामी अगष्ट २० मा सिड्नीमा हुनेछ ।






