लागूऔषधसहित तीन जना युवा नियन्त्रणमा

२०८० आश्विन १, सोमबार ०८:११

सुनसरी जिल्लाको हरिनगर गाउँपालिका १ मारिया पुल नजिकैबाट भाद्र २८ गते
सशस्त्र प्रहरीले लागूऔषधसहित तीन जना युवा लाई नियन्त्रणमा लिएको हो ।
नियन्त्रणमा लिएकाहरु सुनसरी जिल्लाको हरिनगर गाउँपालिका ७ बस्ने अल्ताप
आलम, याहया आलम र सोही गाउँपालिका ६ बस्ने अरवाज आलम छन् ।
सुरक्षा वेश भुटाहाले जाँच गर्दा उनीहरुले बोकेको झोलामा २२ हजार ७ सय
५० वटा ट्रमाडोल हाईड्रोक्लोराई ट्याब्लेट फेला परेपछि नियन्त्रणमा लिएको
हो ।
नियन्त्रणमा लिएकाहरुलाई बरामद लागुऔषधसहित आवश्यक कारवाहीको लागि
जिल्ला प्रहरी कार्यालय सुनसरीमा बुझाईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?