चलचित्र ‘लंगौटी’ को विशेष प्रदर्शन शनिबार (ट्रेलरसहित)

२०७९ कार्तिक १३, आईतवार ०९:१२

१३ कार्तिक । नेपालको मौलिकतालाई समेटेर बनेको चलचित्र ‘लंगौटी’ को विशेष प्रदर्शन हुने भएको छ । आगामी कार्तिक १९ गते शनिबार बिहान ९ बजे बनेपा स्थित पुलबजारमा रहेकाे बामेल सिनेमा हलमा चलचित्रको विशेष प्रदर्शन हुन लागेको हो ।

२०७७ असार ५ गते प्रदर्शन मिति तोकेर पोस्टर सार्वजनिक हुँदादेखि नै चर्चा बटुलेको यस चलचित्रको प्रदर्शनको मिति तोकिएपनि कोरोना र विभिन्न प्राविधिक कारण प्रदर्शनमा ढिलाई भएको फिल्मका निर्देशक सुजन खतिवडाले बताए । उनले आगामी शनिबार चलचित्रको विशेष प्रर्दशन हुने जानकारी दिए ।

उनले भने, यहि आउँदाे कार्तिक १९ गते बिहान ९:०० बजे डकुमेन्ट्री फिल्म ‘लंगाैटी’ बनेपा स्थित पुलबजारमा रहेकाे बामेल सिनेमा हलमा विशेष प्रदर्शन हुँदैछ ।’ चलचित्रको कथा समेत लेखेका निर्देशक खतिवडाका अनुसार लंगौटी चलचित्र एक पुरानो रितिरिवाज, गुरुकुल शिक्षा प्रणाली र जातीय परम्परालाई समेटेर बनाइएको डकुमेन्ट्री हो जसले गर्दा हामी नेपालीको वास्तविक जीवन के हो र हाम्रो शरीरमा लागाएको पहिलो वस्त्र के हो ? हिजो लंगौटी ठाउँमा खोल्न नजानेर के भैरहेको थियो र आज २१औ शताब्दीको एड्भान्स लंगौटी सदुपयोग कसरी गर्न सकिन्छ र गर्न सकिएन भने त्यसको प्रतिफल के हुन्छ भन्ने विचारहरु दर्शाउन खोजिएको छ ।

चलचित्रमा उमेश मायालु, आकाश नेपाली, सन्ध्या श्रेष्ठ, बसन्त आचार्य, सुजन खतिवडा, सुशील सैजु, शिव आचार्य, जगत स्टन्ट मेन, निशा कार्की, पुरुषोत्तम नेपाल, रोहित दंगाल, कञ्चन सापकोटा, सुदिप रेग्मी, विनोद तिमिल्सिना, निशा सापकोटा, कुमार थापा, जोसिला विक,अरूण दाहाल,राज दाहाल लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रज्वल देवाङ्, बासु न्यौपाने र दिनेश मुस्कानको छायांकन रहेको लगौंटीलाई अनन्त घिमिरेले सम्पादन गरेका छन् । नवराज गजुरेलको पटकथा रहेको चलचित्रका सह निर्माता सुशील सैंजु र शिव आर्चाय रहेका छन । भने चलचित्रमा सह निर्देशनमा मनोज खड्का सघाएका छन् ।

यस्तो छ फिल्मको ट्रेलर –

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?